मङ्गलबार, असोज ०६, २०७७
मा प्रकाशित
0
Shares
असोज ६, बर्दिया । मंगलबार बर्दियामा १६ जनामा कोरोना संक्रमणको पुुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परिक्षणमा बर्दियामा १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये गुलरिया नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका एक जना, बार बर्दिया नगरपालिकाका ६ जना, गेरुवा गाउँपालिकाका एक जना र बढैयाताल नगरपालिकाका २ जना रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ८६ भएको छ ।