असोज ६, बर्दिया । मंगलबार बर्दियामा तीनजना स्वास्थ्यकर्मी सहित ३९ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गमा गरिएको परिक्षणमा २३ जना र भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा १६ जना गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परिक्षणमा बर्दियामा १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये गुलरिया नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका एक जना, बार बर्दिया नगरपालिकाका ६ जना, गेरुवा गाउँपालिकाका एक जना र बढैयाताल नगरपालिकाका २ जना रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
यो संगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय नौ पुगेको छ ।