लागु औषध सहित दुई पक्राउ
बुधबार, असोज ०७, २०७७ मा प्रकाशित

बाँके, असोज ७ (फरकसमचार) २८ सि.सी.कोरेक्स र सुर्तिजन्य पदार्थ सहित दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गापा ५ मिलनचोक स्थित ईप्रका, बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बाँके ने.गं.उ.म.न.पा.१८ लग्दहवा बस्ने वर्ष ३२ को पप्पु बेहना र सोहि ठाउँ बस्ने वर्ष ३५ को जिलेदार हरीजनको साथबाट २८ सि.सी.कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडीसहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरीले जारी गरेको प्रेश बिज्ञप्ती उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर