राष्ट्रिय परिचयपत्र अनिवार्य गरियो
शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित

असोज ९, बर्दिया । नेपाल सरकारले अतिआवश्यक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ ।

नेपाल सरकारले बैक तथा वित्तिय संस्थामा खाता खोल्न र ऋण लिन, चल अचल सम्पत्ति खरिद विक्रि गर्न, पेन्सन बुझ्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद विक्रि गर्न, लोकसेवाको फारम भर्न, पासपोर्ट बनाउन तथा बत्ती, पानी र टेलिफोनको सेवासुविधा लिने जस्ता अति आवश्यक सेवामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो ।

सेवाग्राहीले आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र ईकाईमा गएर परिचयपत्रको लागि विवरण दर्ता गराउन सक्नेछन् । जिल्ला प्रशासन कार्यालयले बर्दियाले जिल्लाबासीलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर