बबई बहुमुखी क्याम्पसका प्रमुखको निधन
शनिबार, असोज १०, २०७७ मा प्रकाशित

बर्दिया, असोज १० । बबई बहुमूखी क्याम्पसका प्रमुखको शनिबार दिउसो निधन भएको छ ।

बबई बहुमुखी क्याम्पसका प्रमुखको ५२ वर्षको उमेरमा निधन भएको हो । एक दशक अघि देखि क्याम्पस प्रमुखको जिम्मेवार सम्हालेको अग्रवालको दुई वर्ष देखि फोक्सोमा क्यासर देखिएको थियो ।

उनी दिल्ली स्थित मेदान्त अस्पतालमा नियमित उपचार गराईरहेका थिए । अघिल्लो साता दिल्लीबाट उपचार गराएर फर्केका उनलाइ स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा अग्रवाललाई चिकित्सकले किमो चढाएका थिए ।

सामान्य अबस्थामा रहेका  शनिबार बिहान देखि सार फेर्न अप्ठ्यारो महशुस भएपछि थप उपचारको क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो ।  आफै एम्बुलेन्स चढेर उपचारको लागि गएका थिए ।

कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर