सोमबार, असोज १२, २०७७
मा प्रकाशित
0
Shares
असोज १२, बर्दिया । बर्दियामा एकै दिन १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बाँकेमा रहेको भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका १८ जनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये जिल्ला प्रहरी कार्यालय बर्दियाका ९ जना प्रहरी रहेका छन् । बाँसगढी नगरपालिकाका ४ जना, गुलरिया नगरपालिकाका ४ जना र राजापुर नगरपालिकाका एक जनालाई कोरोना संक्रमण देखिएको हो ।
१ सय ३४ जनामा गरिएको परिक्षणमा बर्दियाका १८ जनालाई र बाँकेका १५ जनामा कोेरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुकमा उल्लेख छ ।