असोज १३, धनकुटा । धनकुटा जिल्ला पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा रहेका सबै संक्रमित निको भएपछि सुंक्रमण शून्य भएको हो । धनकुटामा पिसिआर विधिबाट २ हजार १६३ जनाको कोरोना परीक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो ।
परीक्षण गरिएका मध्ये २ हजार १ सय १८ जनाको नेगेटिभ आएको थियो । धनकुटा नगरपालिकाको २ जना र धनकुटा अस्पतालको आइसोलेसनमा उपचरात २ जनाको फलोप परीक्षण गरि ४ जनाको नमुना संकलन गरि कोरोना परीक्षणका लागि जनस्वनस्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो। उनीहरु ४ जनाको नतिजा आज नेगिटिभ प्राप्त
भएको जिल्ला स्जवस्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाइले बताऐ । यसअघि संक्रमित ४३ जना कोरोना निको भएर अस्पतालबाट फर्किसकेका छन् । आज दुईजना निको भएसंगै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ । साभार : नागरिक दैनिक