गुलरिया नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि
मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

असोज १३, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गुलरिया नगरपालिकाले जारी गरेको सूचनामा थप कर्मचारीको पनि पीसीआर परिक्षण गर्नु पर्ने भएकोले नगरपालिकाले दिने अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी गराए ।

बाँकी कर्मचारीमा संक्रमण रहे नरहेको थाहा नभएकाले अन्य व्यक्तिमा संक्रमण फैलन नदिनका लागि नगरपालिकाले दिने सेवाहरु बन्द गर्न परेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर