बिहिबार, असोज १५, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, असोज १५ । बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ ।
सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ बर्षीया बालिका र १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो ।
बालिकाको स्वास्थ्य अवस्था र व्यवहारमा देखिएको परिवर्तनका कारण पारिवारिक सोधपुछका क्रममा बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
माछा मारेर घर फर्किने क्रममा शसस्त्र प्रहरीका दुई जवानले जबरजस्ती करणी गरेको पीडितका परिवारले जाहेरी दर्ता गरेको प्रहरीले जानकारी गराएको छ ।
जबरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।