बिहिबार, असोज १५, २०७७
मा प्रकाशित
0
Shares
असोज १५, बाँके । विहिबार बाँकेमा एकै दिन ३६ जना र बर्दियामा ४ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा १ सय ५७ जनामा गरिएको परिक्षणमा बाँकेका ३६ र बर्दियाका ४ जनालाई संंक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये बर्र्दियाको बाँसगढी नगरपालिकाका २ जना र ठाकुरबाबा नगरपालिकाका २ जना छन् । जसमध्ये ३ जना पुरुष रहेका छन् भने एक जना महिला छन् ।