असोज १७, काठमां" />
सोमबारसम्म कस्तो रहला मौसम? यस्तो छ मौसमविद्को अनुमान
शनिबार, असोज १७, २०७७ मा प्रकाशित
असोज १७, काठमांडौ । मौसमविद्का अनुसार देशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसकेको भए पनि बंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्यून चापीय क्षेत्र रहेकाले प्रदेश ५ देखि पूर्वका भूभागमा मनसुन कायमै छ।

जसले गर्दा देशका विभिन्न स्थानमा अझै तीन दिन हल्का मनसुनी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिनको अनुमान यस्तो छ :

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश  २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  तथा बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १८ गते (आइतबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १९ गते (सोमबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साभार : नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर