बर्दियामा ११ जना कोरोना संक्रमित थपिए
शनिबार, असोज १७, २०७७ मा प्रकाशित

असोज १७, बर्दिया । शनिबार बर्दियामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ३१ जनाको परिक्षण बर्दियाका ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संंक्रमण पुष्टि भएका मध्ये बर्दिया जिल्ला प्रहरी कार्यालयका ५ जना प्रहरीहरु छन् भने गुलरिया नगरपालिकाका २ जना, बढैयाताल नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका १ जना र राजापुर नगरपालिकाका १ जना रहेका छन् ।

जस मध्ये ९ जना पुरुष छन् भने २ जना महिला रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर