स्वास्थ्य चौकीमा भौतिक संरचना नहुँदा स्थानीय मर्कामा
सोमबार, असोज १९, २०७७ मा प्रकाशित

असोज १९, बर्दिया । बर्दियाको कालिका स्थित रहेको कालिका स्वास्थ्य चौकीमा पर्याप्त भौतिक संरचना नहुना स्थानीयलाई सास्ती झेल्नु परेको छ ।

नागरिक समाजका अध्यक्ष तथा पत्रकारहरुको संलग्नतामा कालिका स्वास्थ्य चौकी अनुगमनमा पर्याप्त भौतिक संरचना नहुँदा स्थानीयलाई सास्ती झेल्नु परेको औल्याएका छन् ।

आई.एच.आर.सी. को नेतृत्वमा नागरिक समाज बर्दिया तथा पत्रकारहरुद्धारा उक्त स्वास्थ्य चौकी अनुगमन गरिएको हो ।

यस्तै अनुगमनका क्रममा प्रतिक्षालय जस्ता भौतिक संरचना नहुँदा कुरुवाहरुलाई कष्ट हुने गरेको तथा प्रमुख सडकबाट स्वास्थ्य चौकीसम्म जाने बाटोको अवस्था दयनीय रहेको नागरिक समाज बर्दियाका अध्यक्ष बालकृष्ण ओलीले बताए ।

गर्भवती महिलाहरुको हेरचाहका लागि स्टाफ नर्सको व्यवस्था समेत नरहेको उक्त स्वास्थ्य चौकीमा स्टाफ नर्सको आवश्यकता रहेको उनले बताए ।

स्वास्थ्य जनचेतना जस्ता चेतनामुलक कार्यक्रम गर्नका लागि स्वास्थ्य चौकीमा बजेट व्यवस्थापन गर्नुपर्ने अनुगमन टोलीको निष्कर्ष रहेको छ ।

बढैयाताल गाँउपालिकाले स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीहरुसँग सहकार्य गरि कालिका स्वास्थ्य चौकीको आवश्यक सुधारमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर