असोज २०, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको ब्राण्ड बाघ भएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताएका छन् । बाघको बासस्थानका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त भएको श्रेष्ठले दावी गरे ।
नेपाल पत्रकार महासंघ बर्दियाले आयोजना गरेको एक दिने अन्तरक्रियामा एसिया प्यासिफिक अवार्ड बर्दिया राष्ट्रिय निकुञ्जले प्राप्त गरिसकेको उनले जानकारी दिए ।
एक दिने अन्तरक्रियामा वन्यजन्तुलाई पानी अभावका कारण केहि समस्या उत्पन्न भएको बताए । ‘हामीले सोलारबाट पानी र पोखरी निर्माण गरेका छौँ’ उनले भने ‘पानी अभाव भएका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ’ ।
यस्तै सडक दुर्घटनामा र नहरमा परेर वन्यजन्तु मरेको उनले जानकारी दिए । निकुञ्जको रेकर्डमा ६६ वटा वन्यजन्तु सडक दुर्घटना र २१ वटा वन्यजन्तु नहरमा परेर मरेको देखिन्छ ।
निकुञ्जले वन्यजन्तु–मानव द्वन्द्व न्यूनिकरण, सचेतना कार्यक्रम र पर्यटन प्रवद्धनका लागि होमस्टे सञ्चालनका लागि सहयोग गरिरहेको जानकारी दिए ।