मङ्गलबार, असोज २०, २०७७
मा प्रकाशित
0
Shares
२० असोज, काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् ।
माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो । साभार अनलाइनखबर