२१ असोज, काठमाडौं" />
ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु
बुधबार, असोज २१, २०७७ मा प्रकाशित

२१ असोज, काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर