बर्दियामा मासु पसल, होटल तथा डेरीको व्यापक अनुगमन
बुधबार, असोज २१, २०७७ मा प्रकाशित

असोज २१, बर्दिया । जिल्लामा संचालन भएका मासु पसल, होटल तथा डेरी पसलहरु व्यापक रुपमा अनुगमन गरिएको छ ।

मापदण्ड विपरित सञ्चालन रहेका मासु पसल, होटल तथा डेरी पसल जिल्लाका उच्चस्तरिय टोलीले अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहको नेतृत्वमा जिल्लामा संचालन भएका पसलहरु व्यापक रुपमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मासु व्यावसायी संघका अध्यक्षकै मासु पसल मापदण्ड विपरित सञ्चालन रहेको पाइएको छ । उक्त मासु पसललाई मापदण्ड पुरा नगरेसम्म सञ्चालनमा रोक लगाईएको छ ।

१३ वटा मासु पसल अनुगमन गरिएकोमा ७ वटा मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएको सहायक प्रमुख शाहले बताए ।

गुलरिया नगरपालिकामा सञ्चालनमा रहेका मासु पसल अनुगमनका क्रममा न्यूनतम मापदण्ड पनि पालना नगरेका मासु पसल सञ्चालनमा रोक लगाइएको जानकारी गराए ।

दशैँ तिहार नजिकिँदै गर्दा स्वास्थ्यलाई मध्यनजर गरी मापदण्ड विपरित सञ्चालनमा रहेका मासु पसल, होटल तथा डेरी अनुगमन गरिएको शाहले बताए ।

अनिवार्य रुपमा साइन्बोर्ड, मूल्य सूची, फोहोर व्यवस्थापन, मासु विक्रि गर्दा चाहिने आवश्यक सामाग्री तथा विक्रि कक्षमा डिप फ्रिजको व्यवस्था भएको हुन पर्ने अनुगमन टोलीको निष्कर्स छ भने मापदण्ड बमोजिम सञ्चालन भएको नपाइएमा कानून बमोजिम कारवाही गर्ने अनुगमन समितिको निष्र्कष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर