बेद प्रकाश गुप्ता
असोज २२, बर्दिया । मौसम चिसो उन्मुख छ, तर बर्दिया कानुन व्यवसायीको छाता संगठन बारको चुनावी रौनकले भने सदरमुकाम गुलरियामा गर्मीको महसुस भईरहेको छ । चुनावका लागि प्यानलको प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारी पर्दा चौक चौतारी कानुन व्यबसायीको चुनावको मजा लिने छुट्टै जमात भेटिने गरेको छ ।
चुनावको मिती असोज २४ गते तोकिएको छ । गुलरिया बजारमा भने कसले जित्ने भन्ने आँकलनले तिब्रता पाईरहेको छ । प्रगतशिल कानुन व्यबसायीका निर्मल सिग्देल प्रजातान्त्रिक कानुन व्यबसायीको तर्फवाट अधिवक्ता काशिराम थारु अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् । कुल मत ८७ छ । त्यहि मत आफ्नो पोल्टामा पार्न सिग्देल र थारु लागि परेका छन् ।
स्वतन्त्र उम्मेदवार कमल पाण्डे पनि आफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियानमा छन् । प्रजातान्त्रिक समर्थक चुनाव जित्न आफ्नो लोकिप्रियता हाबी भएको दाबी गरेका छन् । यता,अधिवक्ता सिग्देल बलियो उम्मेदवारको रुपमा देखिएका छन् । प्रजातान्त्रिकबाट स्वतन्त्र उम्मेदवार उम्मेदवारी भएकाले सिग्देलले जित्ने आधार भएको आँकलन गर्छन । अधिवक्ता थारु पनि लोकप्रिय उम्मेदवारका रुपमा देखिएका छन् । स्वतन्त्र उम्मेदवारीले झन थारु लाई सहज हुने होकि आँकलन गरिएको छ ।केहिले स्वतन्त्र उम्मेदवारीले थारुलाई धक्का लाग्ने देखिन्छ । प्रगतिशिल अधिवक्ताले पनि सिग्देललाई धोका दिने कुरा बाहिर आएको छ ।
प्रगतिशिल उपाध्यक्षमा देविराम भण्डारी र प्रजातान्त्रिकका तर्फवाट उदयमणि आचार्य छन् । भण्डारी र आचार्य विच तिब्र प्रतिस्पर्धा रहेको छ । प्रजातान्त्रिक बाट सचिवमा लक्ष्मी नेपाल र प्रगतिशल रमेश चौधरीको उम्मेदवारी परेको छ । भण्डारीले घरदैलो अभियानमा छन् । चुनावको नतिजा रहस्यमय निस्कने अनुमान छ । एकलौटी प्यानलनै आउँन सक्ने बढी सम्भावना छ । स्वतन्त्र उम्मेदवार पान्डेको सम्भावना कायम छ । प्रजातान्त्रिक कानुन व्यबसायीका पान्डे केद्रिय सदस्य पनि हुन । त्यसैले प्रगतिशिलको भोट क्रसको सम्भावना कम छ ।कुलमत ८७ मत मध्य १२ मत प्रजातान्त्रिक को बढि छ । प्रजातान्त्रिकका उम्मेदवार अधिवक्ताको थारुको स्वतन्त्र उम्मेदवारीले नतिजा फरक पर्ने आँकलन छ ।