शनिबार, असोज २४, २०७७
मा प्रकाशित
0
Shares
२४ असोज, काठमाडौं । ६ दे माग राखेर २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।
डा. केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै सोलिडारिटी फर डा. केसीको आहृवानमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ? ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् ।