बर्दियामा ८० जना कोरोना संक्रमित पुष्टि
शनिबार, असोज २४, २०७७ मा प्रकाशित

२४ असोज, बर्दिया । शनिबार बर्दियामा ८० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोजशालामा गरिएको ४ सय १२ जनाको परिक्षणमा ८० जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये मधुवन नगरपालिकाका ५१ जना, बारबर्दियाका नगरपालिकाका २२ जना, गुलरिया नगरपालिकाका ४ जना, स्वास्थ्य कार्यालयका एक जना, राजापुर नगरपालिकाका २ जना रहेका छन् भने बढैयाताल नगरपालिकाका १ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको अधिकारीक फेसबुक पेजमा उल्लेख छ ।

यो सँगै बर्दियामा कुल कोरोना संक्रमितको संख्या ८ सय ३ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर