मेलिना थापा क्षेत्री : निरुता शाह
२५ असोज, बढैयाताल (बर्दिया) । अघिल्लो वर्ष तीन जना गोरखाका किशोरीलाई प्रहरीको सहयोगमा साना हातहरु नामक संस्थाले भारतको सीमावाट उद्धार गर्यो ।
भुकम्प प्रभावित क्षेत्रका १७ देखि १९ बर्षको हाराहारी उमेरका तीन किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर भारतमा लैजान थालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
रोजगारीको प्रलोभनमा पारेर युवतिलाई भारततर्फ लैजान क्रममा युवतिलाई उद्धार गरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार नेपाली भाषा समेत उच्चारण गर्न नजान्ने किशोरीलाई भारतमा रोजगारीका लागी लैजान थालेका थिए ।
नेपाली समेत बोल्न नसक्ने तीन किशोरी बर्दियाको बलईगाउँ हुदै भारतजाने क्रममा प्रहरी गोप्य सूचना आधारमा प्रहरीले उद्धार गरेको हो ।उद्धार गरिएका किशोरलाई प्रहरीले आफन्तलाई बुझाएको थियो ।
रोजगारीको प्रलोभन देखाएर भारत तर्फ लैजान लागेको आरोपमा स्थानीय दम्पतिलाई प्रहरीले मानव वेचविखन र ओसारपसारको आरोपमा मुद्धा दर्ता गरि म्याद थप गरेको छ । पछिल्लो समय बिभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहका बिरुद्धमा प्रहरी सर्च अप्रेशन सुरु गरेको छ ।
मैनापोखरका महेश श्रेष्ठ र साबित्रा थारु लाई प्रहरीले आवश्यक कारबाहिका लागि प्रक्रिया अघि बढाएको छ भने किशोरिलाई भारत लैजान संलग्न अर्का आरोपी दुर्गा बिक फरार छन् ।
सोहि वर्ष प्रहरीले पटक पटक गरी सानोश्रीवाट ९ जनालाई महिला प्रहरीले उद्धार गसिसकेको छ । उद्धार गरिएका ९ जना महिलालाई आफन्त जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
सोझा साझा युवतिलाई भारतमा रोजगारी दिने बहानामा अबैध नाकामा मानव वेचबिखन गर्ने गिरोह सक्रिय रहेको पाईएको सीमावर्तीमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
‘रोजगारी लगाईदिने जस्ता बिभिन्न बहानामा भारततर्फ लैजाने महिला सहितको गिरोह सक्रिय छ’उनले भने,‘मानववेचविखनका बारेमा सीमावर्ती चहल पहल नहुने नाका गिरोहले गतिबिधि गरिरहेका छन् ।’
प्रहरीको रणनितिक योजनामा किशोरि,यूवति र महिला वेच्ने दलाल फस्ने गरेको प्रहरीको भनाई छ । बर्दियाका अबैध सीमाक्षेत्रबाट पूर्वि पहाडका महिलालाई सीमावर्ती हुदै भारत लैजाने गरेको भेटिएको हो ।
सीमामा हेल्थ डेस्क नहुन र यँहा स्थित महिलालमा काम गर्ने संघ संस्थाले सीमामा गतिबिधि नगर्दा महिला वेचबिखनका गिरोहले अबैध नाकाको प्रयोग गर्ने गरेको बढैयाताल गाउँपालिका डाँफेकि मनमाया क्षेत्रिले वताईन ।
जिल्लामा दुईवटा नाका मात्र बैध छन् । गुलरिया र राजापुरवाट मात्र सर्वसाधरण भारत–नेपाल आवागमन गर्न सकिने गरी सरकारले बैधता दिएको छ । तर, ८२ किलोमिटर खुला सीमामा बेरोकटोक आवागमन भईरहन्छ ।
सीमा वस्तीमा युवा र वाल समुह गठन गरेर महिला वेचविखनको बारेमा सर्वसाधरणलाई सचेतना दिएर सक्रिय बनाईनु पर्ने महिला अधिकारकर्मी संस्थाको भनाई छ ।
‘संबेदनशिल ठाउँमा समुह बाट सचेतना र सुचना संकलन भईरहेको छ,सजगताको कारण प्रतिफल मिलिरहेको छ ’एक संस्थाकि प्रतिनिधिले भनिन । अबैध नाका हुदै भारत लैजाने गिरोह बिरुद्धमा साथीसंस्था,पौरखी,ओरेक र माईति नेपालले पनि सुचना संकलन अबैध गतिबिधि रोक्न सक्रिय देखिन्छन् ।