आइतबार, असोज २५, २०७७
मा प्रकाशित
0
Shares
२५ असोज, बर्दिया । आईतबार बर्दियामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ९० जनाको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित १६ जना मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाका १४ जना र बढैयाताल गाँउपालिकाका २ जना छन् । जसमध्ये १० जना पुरुष र ६ जना महिला संक्रमित रहेको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
यस सँगै बर्दियामा कोरोना संक्रमितको कुल संख्या ८ सय १९ जना भएको छ ।