बर्दिया बार एशोसिएसनको अध्यक्षमा थारु विजयी
आइतबार, असोज २५, २०७७ मा प्रकाशित

२५ असोज,  बर्दिया । बर्दिया जिल्ला अदालत बार एशोसिएसन अध्यक्षमा प्रजातान्त्रिक प्यानलका काशीराम थारु विजयी भएका छन् ।

शनिबार भएको कानुन व्यावसायीहरुको बार एशोेसिएसनको निर्वाचनमा प्रगतिशील प्यानललाई पराजित गर्दै प्रजातान्त्रिक प्यानलका थारुले जीत हासिल गरेका हन् ।

प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदमा काशीराम थारुले ४९ मत र प्रतिपक्षी निर्मल सिग्देलले ३१ मत प्राप्त प्राप्त गरेका हुन् ।

उक्त प्यानलबाट उपाध्यक्ष पदमा उदयमणी आचार्यले ४६ मत, कोषाध्यक्ष पदमा कमलप्रसाद गुप्ताले ४५ मत, सचिव पदमा लक्ष्मी नेपालले ४८ मत, प्राप्त गरेका थिए ।

प्रगतीशिल प्यानलबाट उपाध्यक्ष पदमा देवीराम भण्डारीले ३५ मत, कोषाध्यक्ष पदमा विन्दु जिसीले ३६ मत, सचिव पदमा रमेश चौधरीले ३३ मत प्राप्त गरेका हुन् ।

यस्तै पार्षदमा प्रातान्त्रिक प्यानलका देवीदत्त देवकोटाले ४९, दिवाकर शर्मा खनालले ४६, ईतवारी चौधरीले ४४, होमप्रसाद न्यौपानेले ४७ र शैलेन्द्रकुमार गुप्ताले ४४ मत प्राप्त गरेका थिए ।

बर्दिया बार एशोसिएसनको कुल ८७ मतमध्ये ८१ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर