सोमबार, असोज २६, २०७७
मा प्रकाशित
0
Shares
असोज २६, बर्दिया । आईतबार बर्दियाको मधुवन नगरपालिकामा एक बच्चाको नहरमा डुवी मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिचाई नहरमा खेल्ने क्रममा नहरमा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए ।
उद्वार पश्चात जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा तीन वर्षीय बालकको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।