सोमबार, असोज २६, २०७७
मा प्रकाशित
0
Shares
२६ असोज, बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को नेउलापुर स्वास्थ्य चौकी र वडा नम्बर ७ को वडा कार्यालय सिल गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाको नेउलापुर स्वास्थ्य चौकीका एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि असोज २५ गतेदेखि २९ गतेसम्मका लागि उक्त स्वास्थ्य चौकी सिल गरिएको छ ।
यस्तै ठाकुरबाबा नगरपालिका वडा नं. ७ का वडा अध्यक्षलाई पनि कोरोना संक्रमण देखिएपछि आईतबार देखि नै ५ दिन सम्मका लागि वडा कार्यालय पनि सिल गरिएको ठाकुरबाबा नगरपालिकाले जानकारी गराएको छ ।