सोमबार, असोज २६, २०७७
मा प्रकाशित
0
Shares
२६ असोज, बर्दिया । सोमबार बर्दियामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको ३ सय एक जनाको परिक्षणमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये बर्दियाको गुलरिया नगरपालिकाका ६ जना, बाँसगढी नगरपालिकाका ३ जना, बारबर्दिया नगरपालिकाका एक जना, गेरुवा गाउँपालिकाका २ जना र पाताभार स्वास्थ्य चौकीका एक जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।