२७ असोज, बाँके । नेपालगन्ज उप" />
नेपालगन्जकी उपमेयरलाई  कोरोना संक्रमण
मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित

२७ असोज, बाँके । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार आएको नतिजामा आफूलाई कोरोना संक्रमण देखिएको उपमेयर थापा मगरले बताइन् ।

‘एक महिनादेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बीचमा २ पटक जाँच पनि गराएँ । नतिजा नेगेटिभ आएको थियो,’ उनले भनिन,‘ तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाहअनुसार आइतबार पुन: स्वाब दिएको कोरोना देखियो ।’

उपमेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसनमै बसेको जानकारी दिइन् । उनले आफनो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षित रुपमा घरमै बस्न र केही लक्षण देखिए कोरोना जाँच गराउनका लागि अनुरोध गरेकी छिन् ।

उपमेयर थापा मगर बाँकेमा कोरोना सक्रमण देखिएपछि नगर तथा भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि खट्दै आएकी छिन् । साभार कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर