विपन्न परिवारलाई घर
शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित

३० असोज, पाँचथर । जनता आवस, नागरिक आवास लगायतका विभिन्न कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएका परिवारलाई घर बनाईदिने सरकारी चर्चा व्यापक भएपनि न्यून आर्थिक अवस्था भएका कतिपय परिवारले त्यो सुविधा पाएका छैनन्।

यस्तै सुविधा नपाएका एक परिवारलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याएर घर बनाईदिइएको छ। जन सेवा समाज नामक गैर सरकारी संस्थाको समन्वयमा फिदिम नगरपालिका–११ मा लालमाया जवेगुको घर बनाईदिइएको हो। सामान्य बस्ने मिले घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरीएको छ।

वृद्ध हजुरआमा र उनका चार जना अवोध बालबालिका बस्ने घर बनाईदिइएको हो। बालबालिकाका बुबा, आमाले छोडेकाले उनीहरु मावली हजुर आमासँग बस्दै आएका छन्। विभिन्न क्षेत्रबाट सहयोग जुटाएर घर बनाईदिइएको संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।

फिदिम नगरपालिकाले जस्तापाता, स्थानीयस्तरमा काठ, सिकर्मी, स्वं. लिलानाथ निरौलाको सम्झनामा उनको परिवारले २५ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेका थिए। फिदिमस्थित भैरवी दलका नेपाली सेना घर बनाउने काममा खटिएका थिए।

सोहि संस्थाको सहयोगमा यसअघि फिदिम–५ का एक परिवारको घर निर्माण गरि हस्तान्तरण गरीएको थियो। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर