हिँसा न्युनीकरणका लागि मौन र्याली
आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
२ कार्तिक, बर्दिया । कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरे सँंगै नेपालमा महिला हिंसाका घटना बढिरहेको सर्वविध नै छ ।

यस्तै हिंसाको घटना बर्दियामा पनि बढि रहेको छ । चाडपर्वका वेलामा समेत महिला हिंसाका घटना बढ्न सक्ने भन्दै गुलरिया नगरपालिका वडा नम्बर—६ कार्यालयको आयोजनामा आईतबार गुलरियामा महिला हिंसा विरुद्धको सचेतनामूलक मौन र्याली गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडी भौतिक दुरी कायम राखी मौन र्याली गरिएको हो । विशेष गरेर कोरोना भाईरस संगै लकडाउनका कारण रोजगार गुमे सँगै घरेलु हिँसा, आत्म हत्या लगायतका घटना बढिरहेको अवस्थामा मौन र्यालीबाट यस्ता किसिमका घटनामा न्युनीकरण हुने वताईएको छ ।

लकडाउन पश्चात हिंसा, आत्म हत्याका घटना बढेका कारण हिंसा पीडितका लागि मौन समर्थन गर्दै र्याली गरिएको गुलरिया नगरपालिकाकी उप—प्रमुख सुशिला गिरीको भनाई छ ।

पछिल्लो समय गुलरिया नगरपालिकाको वडानम्बर—६ मा हिंसाका घटना बढेकै कारण कोरोना भाईरसलाई मध्यनजर राख्दै कार्यक्रम संचालन गरिएको गिरीको भनाई छ ।

आफु निर्वाचित भएर आउँदा पहिलो घटना महिला हिंसा देखेको हुुँदा त्यसैलाई मध्यनजर राख्दै सचेतना मूलक कार्यक्रमको रुपमा मौन जुलुस राखिएको गुलरिया नगरपालिका वडा नम्बर—६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए ।

हिंसाका घटना रोक्न सबैजना एक ढिक्का भएर लाग्नु पर्ने उनको भनाई छ । मौन जुलुसमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बर्दिया, महिला अधिकार कर्मी, स्वास्थय स्वयंसेविकाहरुले समर्थन जनाएका थिए ।

वडा नम्बर—६ मा महिला हिंसाका घटनाहरु धेरै देखिएका कारण यस्ता घटना न्युनीकरणका लागि मौन उपस्थिती जनाईएको अध्यक्ष शर्माले बताए ।

यस्तो कार्यक्रमले हिँसा गर्नु हुँदैन भन्ने समाजमा संदेश जाओस भनि मौन र्याली गरिएको अध्यक्ष शर्माको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर