बर्दियामा जुवाडेहरुको बिगबिगी, प्रहरी प्रशासन मौन
मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

४ कार्तिक, बर्दिया । हिन्दुहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्व नजिकिएसँगै बर्दियाका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने जुवाडेहरुको दिनप्रतिदिन बिगबिगी बढिरहेको छ ।

कोरोना संक्रमणको महामारीको समयमा पनि पछिल्ला वर्षहरुमा जस्तै जुवातास खेल्ने खेलाउने गिरोहहरु सक्रिय भईरहेको खबर फरकसमाचारलाई प्राप्त भएको छ ।

बाँके र कैलाली जिल्लाका जुवाडेको उपस्थितिमा गराईने जुवामा ३५ देखि ५० लाख सम्म हारजित भएको स्रोतले बताउँछन् । गुलरिया नगरपालिकाको गुलरिया, आशापुर, खैरापुर र राजापुर नगरपालिकाको राजापुरमा जुवा तास खेलाईने गरेको स्रोतको दाबी छ ।

चाडपर्वको बेला व्यावसायीक रुपपमा खेलाईने जुवातासको बिगबिगी दिनप्रतिदिन बढ्दो क्रममा भएपनि प्रहरी प्रशासन भने बेखबर रहेको स्थानीयको आरोप छ ।

जुवातास खेल्ने खेलाउने गिरोहले स्थान परिवर्तन गर्दै जुवातास खेलाउने गरेको हुँदा र पर्याप्त सूचना नहुँदा प्रहरी प्रशासनलाई जुवातास नियन्त्रण गर्न अप्ठ्यारो भएको स्रोतको दाबी छ ।

विशेष गरी सीमाक्षेत्रमा गुलरिया, आशापुर र खैरापुर क्षेत्रमा जुवातास खेल्ने खेलाउने गिरोहहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको स्थानीय बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाको केहि स्थानमा जुवा भईरहेको सुचना प्राप्त भईरहेको भएता पनि कहाँ र कस्ले खेलाउँछ ? भन्ने सुचना प्राप्त नहुँदा जुवातास नियन्त्रण गर्न गाह्रो भएको जानकारी गराएका छन् ।

यद्यपी जुवाको बिषयलाई प्रशासनले गम्भिरता पूर्वक लिएको उनले बताए । व्यवसायिक रुपमा खेलाउने गिरोह र जुवाडे बिरुद्धमा प्रहरीले सक्रियताका साथमा नियन्त्रण तर्फ लागिपरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर