बारामा प्रहरीको गोली लागेर एक जना घाइते
बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित

५ कात्तिक, काठमाडौं । बारामा प्रहरीलाई हतियार देखाउने एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् ।

रौतहटबाट बारातर्फ आउँदै गरेका भारतीय नागरिक ब्रिज किशोर कुशवाह कचर्वा भन्ने ठाउँमा प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

प्रहरी चेकिङ देखेपछि हतियार देखाउँदै भागेका उनलाई प्रहरीले हानेको गोली पाखुरामा लागेको डीएसपी गौतम मिश्रले जानकारी दिए । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर