यती एयरलाइन्सको बडादसैंको अवसरमा यात्रुका लागि आकर्षक अफर
आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

९ कार्तिक, काठमाडौं । यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ।

एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं—अबुधावी–काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ।

दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ।

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर