मङ्गलबार, कार्तिक ११, २०७७
मा प्रकाशित
0
Shares
११ कार्तिक, काठमाडौं। हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार राति उनले फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।
उनका अनुसार गत साता दाजुलाई अस्पताल लानेल्याउने गर्दा बिहीबारदेखि टाउको दुखेको र ज्वरो आउनुका साथै ढाड दुख्ने समस्या देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।
उनी बिहीबारदेखि नै सेल्फ आइसोलेसनमा बसिसकेको जनाएका छन्। साभार नागरिक दैनिक