२४ घण्टामा ५ सय ७० जनामा कोरोना पुष्टि
मङ्गलबार, कार्तिक ११, २०७७ मा प्रकाशित

११ कार्तिक, काठमांडौ । पछिल्लो २४ घन्टामा नेपालमा ५७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ७२५ नमुना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घन्टा ३१६८ जना कोरोनाबाट निको भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन्।

हाल सम्म देशभर १ लाख ६० हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख १८ हजार ८ सय ४३ जना निको भएका छन्।

अहिलेसम्म कोरोनाबाट ८ सय ७६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर