नरभक्छी बाघको ज्यादती : रमिते नियमकारी निकाय ?
बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

टिपपणी
१२ कार्तिक, बर्दिया । पाटे बाघले आक्रमण गर्दा मंगलवार दुई जना यूवाको ज्यान गएको छ ।

२६ बर्षिय दिनेश थारु र २७ वर्षिय रमेश थारुको पाटेबाघको आक्रमणले ज्यान गएको हो । ज्यान गएका दुबै जनाको टाउँको र पेट बाघले खाएको छ ।

स्थानीयका अनुसार बाघले आक्रमण गरेर एक जना खान थालेको अबस्थामा दुई जना खोज्दै जादा दुई जना मध्य एक जनालाई पुनः बाघले आक्रमण गरेको हो ।

मधुवन नगरपालिका–३ धनौरा र भग्रैया गाउँमा पर्ने नेपालको सीमावर्ती जंगलमा च्याउँ टिप्न जाँदा बाघको आक्रमण ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए ।

अघिल्लो साता उक्त क्षेत्रमा सशस्त्र प्रहरीको भग्रैयामा बिओपी स्थापना गरेको छ ।नेपाल भारत सीमावर्ती क्षेत्रमा दिनहु बाघको मुभमेन्ट हुनेको गरेको एक सशस्त्र प्रहरीले बताए ।

शनिबार ज्यान लिएको गंगा खत्रीको शब सशस्त्र प्रहरीले होहल्ला गरेपछि बाघले छाडेर भागेको स्थानीय बताउँछन ।

दिनहुँ जस्तो सर्वसाधरण बाघको आक्रमण पर्दा पनि हतियारधारी प्रहरी मुख दर्शक बस्नु परेको स्थानीय गुनासो छ ।

एक साता भित्रमा तीन जनाको बाघले ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् । उक्त क्षेत्र बर्दिया निकुन्जको कार्य क्षेत्रबाहिर पर्दछ । पाँच जनाको ज्यान जाँदा पनि डिभिजन वन कार्यालयको तर्फबाट कुनै पहल नभएको स्थानीय गुनासो छ ।

‘पाँच जनाको ज्यान जादा पनि उक्त क्षेत्र वन कर्मचारी पुगेका छैनन’ एक स्थानीयले भने, ‘फरक फरक बाघले आक्रमण गरेको होकि एउटै बाघ हो भन्ने समेत वनले एकिंङ गरेको छैन, दिन दिनै बाघले सर्वसाधरण ज्यान लिदा पनि वन प्रमुखको सक्रियता नहुनु दुखद हो ।’

उक्त क्षेत्रमा दुई महिना भित्र पाँच जनाको बाघको आक्रमणवाट ज्यान गईसकेको छ । शनिवार २६ वर्षिय गंगा खत्रीको बाघको आक्रमणबाट ज्यान गएको छ ।

त्यहि बाघले यसअघि दुई वटा बालकको ज्यान लिईसकेको प्रहरीको रेकर्डमा देखिन्छ ।

नेपाल भारतको सीमावर्तीमा पर्ने पाँच जना मधुवन ३ धनौरा र भग्रैयाका बासीन्दा हुन । नेपाल भारतको सीमावर्तीमा पर्ने उक्त ठाउँ अन्तराष्ट्रिय करिडोर खातासँग जोडिएको छ ।

भारतको कर्भेट नेशनल पार्कसम्म खाता करिडोर हुदै निकुन्जका वन्यजन्तु ओहोर दोहार गर्छन ।

उक्त क्षेत्र बाघको आवगमन गर्ने बाटो भएपनि पहिलो पटक स्थानीयलाई आक्रमण गरेको हो । निकुन्जमा यस्ता किसिमका घटना घटेमा तत्काल बाघलाई नियन्त्रण लिने गरेको छ ।


त्यस क्षेत्रमा सर्वसाधरण निकुन्ज प्रशासनले रोक लगाउँने गरेको छ । तर उक्त क्षेत्रमा पाँच जनाको ज्यान जाँदा वन डिभिजन कार्यालय मुख दर्शक बनेको स्थानीयको आरोप छ ।

नेपाल भारतको क्षेत्र बन डिभिजनको मातहतमा पर्ने भएकाले आवश्यक सहयोग मागे मात्र निकुन्जले प्राबिधिक सहयोग दिने सक्ने प्राबधान छ ।

बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले वनले प्राबिधिक सहयोग मागे तत्काल उपलब्ध हुने वताए ।

पहिलो चरणमा बाघको पहिचान के कति कारणले आक्रमण गरेका अनुसन्धान गरेपछि अरु प्रक्रिया अघि बढ्ने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

‘पहिले कुन बाघ हो पहिचान गर्न पर्छ, त्यसको एकिङ भएपछि अन्य काम अघि बढ्छ’ उनले भने, ‘क्यामरा ट्रयापिङ लगायतका कामका लागि निकुन्जको दक्ष जनशक्ति तयारी अवस्थामा रहेको छ ।’

जैविक मार्गमा बस्ने नरभंछीबाघले मान्छे खान थालेपछि त्रास फैलिएको छ । नेपाल भारतको सीमावर्ती क्षेत्रमा नरभछी बाघले मान्छे खान थालेपछि सीमावर्ती क्षेत्रमा सर्वसाधरण आंतिकत भएका छन् ।

तत्काल मान्छे खाने बाघलाई नियन्त्रण लिनु पर्ने मधुवनका नगर प्रमुख कृष्ण केसीले बताए ।‘हाम्रा जनता खाने बाघको उचित व्यबस्थापन वनले गर्नु पर्छ,सम्बन्धित निकाय मुख दर्शक बने, जनताले वल प्रयोग गर्न बाध्य हुन्छ ।’

बाघको उचित व्यबस्थापन गर्नका लागि प्रक्रिया अघि बढिसकेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘निकुन्ज र वनको प्राबिधिक सहयोगमा बाघ उचित व्यबस्थापनका लागि समवय भईरहेको छ,’ उनले भने, ‘वन कार्यालयको कार्यक्षेत्र भएपनि आवश्यक सहयोग निकुन्जसंग माग्छौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर