बुधबार, कार्तिक १२, २०७७
मा प्रकाशित
0
Shares
१२ कार्तिक, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार ६४८ नमुना परीक्षण गर्दा १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घन्टा २९ सय ८१ जना कोरोनाबाट निको भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन्।
हाल सम्म देशभर १ लाख ६२ हजार ३५४ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख २१ हजार ८ सय २४ जना निको भएका छन्।
अहिलेसम्म कोरोनाबाट ८ सय ८७ जनाले ज्यान गुमाएका छन्।