शनिबार, कार्तिक १५, २०७७
मा प्रकाशित
0
Shares
१५ कार्तिक, बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक जना पुरुषको मृत्यु भएको छ ।
गेरुवा गाउँपालिका वडा नं. ४ राजिपुरका ५८ वर्षिय लहानु थारुको बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराए ।
राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज क्षेत्र बाहिर आएर उक्त पुरुषलाई आक्रमण गरेको उनले बताए ।
प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले पीडित परिवारलाई काजक्रिया गर्नका लागि राहत रकम उपलब्ध गराईने जानकारी दिए ।
गत साता मात्रै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २ जना पुरुषको नरभक्क्षी बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।