टीकापुरका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

१६ कात्तिक, काठमाडौं । बाँकेमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका वडानम्बर १ का ६० वर्षीय पुरुषको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी यही कात्तिक १४ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

१५ गते कोरोना संक्रमण पुष्टि भएका उनको १६ गते बिहान १ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठले जानकारी दिए । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर