आइतबार, कार्तिक १६, २०७७
मा प्रकाशित
0
Shares
१६ कार्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घन्टा २ हजार २६४ जना कोरोनाबाट निको भएका छन् भने २६ जनाले ज्यान गुमाएका छन्।
हालसम्म देशभर १ लाख ७३ हजार ५६७ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ३४ हजार ८४२ जना निको भएका छन्।