कोरोना संक्रमणबाट सिन्धुलीमा ८४ वर्षीया वृद्धाको मृत्यु
सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

१७ कात्तिक, सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो ।

धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।

विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो ।

सिन्धुलीअस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइसकेको उनले बताए । साभार अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर