कोरोनाबाट २४ जनाको मृत्यु, मृतक संख्या ९८४ पुग्यो
सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

१७ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल आइसोलेसनमा बस्नेहरुको संख्या ३७ हजार ५२४ रहेको छ। यस्तै, क्वारेन्टिनमा रहनेहरुको संख्या २ हजार ११९ छ।

प्रतिक्रिया

सम्बन्धित खवर