बर्दियामा धानबाली खरिदमा सहकारीको मनपरी
बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

कार्तिक १९, बर्दिया । कृषकद्वारा उत्पादन गरिएको धानबालीको सरकारको समर्थन मुल्यमा खरिद गर्न सहकारीहरुलाई निर्देशन दिए पनि सहकारीहरुले मनपरी मुल्यमा खरिद गरिरहेकका छन् ।

सरकारको समर्थन मुल्य मोटा धान २७ सय ३५ र मसिनो धान २८ सय ८५ प्रति क्विन्टलमा खरिद गर्ने नीति भएपनि विभिन्न सहकारीहरुले मनपरी खरिद गर्ने प्रति उद्योग वाणिज्य संघहरुको गम्भीर ध्यानकर्षण भएको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष विर बहादुर चौधरीले बताए ।

कुनै सहकारीले प्रति क्विन्टल २४ सय ५०, कहि प्रति क्विन्टल २५ सय २५ र कहि २४ सय ७० प्रति क्विन्टलमा धानबाली खरिद गर्ने गरेको पाइएको छ ।

सहकारी मार्फत धान खरिद गर्दा सरकारले प्रति क्विन्टल १ सय १२ रुपैया अनुदान समेत उपलब्ध गराउँदा पनि सहकारीहरुले समर्थन मुल्यमा धान खरिद नगरेको पाईएको हो ।

सरकारको समर्थन मुल्यमा सहकारीहरुले धानबाली खरिद नगरेकोले सोको कार्यान्वयन अविलम्ब गराउन उद्योग वाणिज्य संघहरुले सम्बन्धित निकायमा अनुरोध समेत गरेको अध्यक्ष चौधरीले बताए ।

यस्तै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विदेशबाट आयात गर्ने खाद्य वस्तुमा आयात महसुल लागु गर्ने र राष्ट्रमा उत्पादित खाद्य वस्तुबाट अपुग हुने खाद्य वस्तु मात्र आयात व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने उद्योग वाणिज्य संघहरुको नियमित बैठकमा निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर