शुक्रबार, कार्तिक २१, २०७७
मा प्रकाशित
0
Shares
२१ कार्तिक, काठमाडौं । आगामी मंसिर २ गतेदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने भएको छ।
त्यसरी खाना खुवाउँदा फोहोर भई कोरोना संक्रमणको जोखिम बढ्ने ठहर गर्दै तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत कुनै पनि सार्वजनिक स्थानमा खाना खुवाउने कार्यक्रम नगर्ने निर्णय गरिएको हो।
शुक्रबार काठमाडौं महानगरपालिका र नि्शु:ल्क खाना खुवाउने संघ/संस्थाका प्रतिनिधिबीच सार्वजनिक स्थानमा खाना वितरण नगर्ने लिखित सहमति भएको हो।
मंसिर २ गतेबाट विपन्न, असहायलाई निःशुल्क खाना खुवाउन परे सुरक्षित र बन्द स्थल खोजी गर्ने सहमति भएको छ।
हेर्नुहाेस्, सहमतिपत्र-
साभार नागरिक दैनिक