बेद प्रकाश गुप्ता
चाडपर्वमा मिठो मसिनो खाने परम्परा छ । यो चाड पर्वको मौसम हो । लामो लकडाउनका कारण कतिपय विपन्नलाई बिहान साझको जोहो गर्न धौ धौ छ । यतिबेला बर्दिया गुलरिया बस्ने ३४ वर्षका विमल केसीले कोहि कसैले पनि बिहान र साझको जोहो गर्न वा बेखर्ची भएर अस्पताल सम्म पुराउँने जिम्मा लिएर सार्वजनिक संजाल मार्फत गरेको आह्वानले भने अति बिपन्न परिवारको मुहारमा खुसी ल्याएको छ ।
केसी उमेरमा काचो भएपनि भावना उचो छ । ए ग्रेडको सम्म ठेक्का लिने निर्माण कम्पनी संचालक केसीको देशभरिमा बोली बिक्छ । निर्माण व्यवसायीलाई लाग्ने गरेको ‘ठग’ को लोगो उनको पारदर्शी व्यवहारले मेटिएको छ । कामलिने काम बेलैमा सक्ने उनीसँग दृढ ईच्छा शक्ति छ । निर्माण व्यबसायीको बिग्रेको छबिलाई उनको व्यबहारले फिक्का सावित गरिदिएको छ ।
सखारै केसीको फोनमा एसएमएस र मिसकलको चाङ हुन्छ । मलाई काम लगईदेउ भाई वा दाई भन्ने धेरै हुन्छन् । सबैलाई ‘रेस्पोन्स’ दिँदै उनी सेवामा तल्लिन रहन्छन् । यो कार्यकुशलता आफूभित्रको जिम्मेवारीबोधले सम्भव भएको यूवा व्यबसायी तथा निर्माण व्यवसायी संघका लुम्बिनि प्रदेशका सदस्य बिमल केसी बताउँछन् ।
‘म यति व्यस्त भइरहन्छु किन भने भेटघाट,मिटिङ,फिल्ड घुम्ने सीमितता नै छैन,’बर्दिया गुलरिया बस्ने केसी भन्छन् । खजुरा, गुलरियामा निर्माण भईरहेको चार लेन सडकको ठेक्का उनको जिम्मामा छ । उनले लिएका ठेक्काको रफ्तार यति छ कि स्थानीय देखेर नै चकित छन् । उनको व्यस्तता पछाडी ठूलो राज छ ।
उनलाई काम लगाउँन किन भन्छन त यूवाहरु ? निर्माण व्यवसायी अरु पनि छन किन प्रदेश ५ मा नै केसी किन लोकप्रिय बन्दैछन भन्ने आलोचकले प्रश्न चिन्ह खडा गर्छन । चुनौतीसँग सामना गर्ने बानि परेका केसी सत्रुलाई मित्र बनाएर हासेर टारदिन्छन् । उनले भन्न गर्छन,‘मलाई दाम मात्र चाहिएको होईन,मलाई समाजलाई सकारात्मक सन्देश दिन पनि मेरो कर्म हो ।’
पछिल्लो समय लागु औषध सेवन गर्ने उनको व्यबहारले क्रेजी छन् । किनभने उनी देशभरमा लागु औषधमाा फसेका यूवालाई काम फर्काउँनसक्ने उनी एक्ला व्यक्ति हुन । लागु औषधमा फस्ने अधिकांश आफ्नै छिमेकका दाई भाई देखिदा उनलाई दुःख लाग्यो । र,समाज देखि टाढा भएका त्यस्ता व्यक्तिलाई उनले काममा फर्काए । आफ्नै कम्पनीमा उनले काम दिएर पुर्न जिवन दिन उनी सफल भए ।
काम दिएर घर नभएकालाई घर बनाई दिए, रोजगारीले व्यबहार परिवर्तन ल्याउँन सक्ने सक्षम बनाएर नयाँ बाटो देखाए । उनले देखाएका बाटोमा हिँडेका आधा दर्जन कुलतमा फसेका यूवा केसीको कम्पनी धान्ने पिलर बने । मै कमाउ, मै लगाउँ भन्ने सोच त्यागेर माथी उठेर काम गर्दा सम्भव भएको केसी दाबी गर्छन ।
त्यसपछि योजनाबद्ध रूपमा कामको बाँडफाट,जनशक्ति व्यवस्थापन,परिचालन र सम्भावित चुनौतीहरू आकलन गर्ने उनले आदतले उनको व्यबसाय पनि दिनदिनै उकालो लागिरहेको छ । प्रतिस्पर्धामा लिएका ठेक्का समय काम सक्काउँन सक्ने सफल व्यबसायीको रुपमा उनको अर्को पहिचान बनेको छ । ईमानमा नडमगाउँने व्यबसायी भनेर पछिल्लो समय उनी चिनिन्छन । लागु औषधमा फसेका यूवालाई पुर्न जिवन दिन सक्ने ईमानका धनि भनेर केसी समाजमा चौतर्फी आवश्यक्ता बनिसकेका छन् ।
सयौ संख्याको यूवाको नेर्तत्व गर्ने उनी भर्खरै बिपन्न साथीलाई घर निर्माण गरिदिदा यूवामा व्यबसायी केसीलाई स्थानीय यूवाको एक छत्र रुपमा माया पाएका छन् ।मधुवनमा बर्षोदेखि सडक संजाल आफ्नौ खर्च जोडिदिदा उनको हाई हाई भयो । यस्तै कोभिड १९ कारण संकटमा परेका बिपन्न २ हजार बराबरको खाद्यान्न सीमावर्ती खाद्यन्न बाड्ने योजना रहेको उनले सुनाए । ‘चाडवाडको बेला कसैको पेट भोको हुन नदिन सार्वजनिक रुपमा सहयोग गर्ने बाचा गरेको छु’ उनले भने ।
जहाँ समस्या देखा पर्छ,त्यहि बाटै मैले सम्भावना खोज्छु । ‘फन्ट लाईनमा काम गर्ने रुचाउँने बानीले मेरो समाजसेवा उन्मुख मेरो व्यवहार भएको होला’उनी भन्छन् ।