भेरी अस्पतालमा दाङका कोरोना संक्रमितको ज्यान गयो
शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

२२ कात्तिक, बाँके । दाङका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल आउनुअघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ । – अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर