आइतबार, कार्तिक २३, २०७७
मा प्रकाशित
0
Shares
२३ कार्तिक, बर्दिया । नेपालगंज-गुलरिया सडकखण्ड अन्र्तगत पर्ने पचासा स्थित सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बढैयाताल गाँउपालिका वडा नं. ८ स्थित शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नं. को ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीया ललिता रिमालको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाका कारण नखुलेकोले अनुसान्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।