बिहिबार, कार्तिक २७, २०७७
मा प्रकाशित
0
Shares
२७ कात्तिक (बाँके)– बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइकाे ज्यान गएकाे छ । दुर्घटनामा बर्दियाकाे ठाकुरबाबा नगरपालिका ३ काे नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरीले बताएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेकाे ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।