बिहिबार, मङि्सर ११, २०७७
मा प्रकाशित
0
Shares
मंसिर ११ काठमाडौं / बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ३७ जना संक्रमणमुक्त समेत भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना रहेको छ ।
अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ जना रहेको मन्त्रालयको भनाइ छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ । रातोपाटीबाट साभार