ब्यक्तिको एक हजार बढी जग्गा बर्दिया निकुन्जको स्वामित्वमा
शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित

कर्णाली नदी पश्चिम तर्फ धार फेरेपछि कटान तिब्र पारेको छ भने पहिल्या पूर्वी भंगालोमा नदी कटान गर्दा व्यत्तिको निजी जग्गा पनि निकुन्जको जवरजस्ती आफ्नो स्वामित्वमा पार्दा सर्यौ सर्वसाधरण मर्कामा परेका छन् ।

बर्दिया,मंसिर २७(फरक समाचार) — गेरुवा गाउँपालिका राजिपुरका राम लखन थारुको कर्णाली नदी कटानको चपेटामा तीन बिगाहा जग्गा निकुन्जको स्वामित्वमा छ ।

कर्णाली नदीलाई सीमा मानेर निकुन्जको सीमा छुटएपनि नदी कटान गर्दा निजी जग्गामा समेत निकुन्ज प्रशासनसले तारवार गरेको छ । जसले गर्दा राम लखन जस्ता सयौं किसान जग्गा बिहिन वन्न पुगेका छन् ।यस्तै प्रकृतिका घटना बर्सेनि दोहिरिदै जाँदा सयौं किसानका निजी जग्गा निकुन्जको स्वामित्वमा पर्दे गएको छ । आफ्नो जग्गा हो भनेर अधिकारकर्मी र निकुन्ज प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरिरहेको किसानको गुनासो छ ।

कर्णालीको पश्चिम भँगालो गेरुवानदीले कटान गर्दै पश्चिम तर्फ धार परिवर्तन गर्दै गएपछि गेरुवा गाउँपालिकाका किसानहरुको जग्गा बर्दिया राष्ट्रिय निकुन्जभित्र गाभिदै गएको छ । निकुन्जको सीमा कर्णाली नदीको पश्चिम किनार लेखिएका कारण नदीले कटान गर्दै गएको जग्गा गाभिदै गएको हो । निकुन्ज प्रशासनले कटान गरिएको नम्बरी जग्गामा पनि तारबार गरेको स्थानीयको गुनासो छ । गेरुवा गाउँपालिकालाई पश्चिम तर्फबाट गेरुवा र पुर्बतर्फबाट कर्णाली नदीको भँगालोले घेरेको छ । कटानका कारण सयौं किसान जग्गाबिहिन बन्दै आएका छन् । गेरुवा नदीको कटान पश्चिम तर्फ तिब्र छ । ‘नदीले लालपुर्जाको जग्गा पश्चिम तर्फ कटान गर्दै आएको छ । कटान गरेको बगरलाई निकुन्जले आफ्नो भन्दै तारबार गर्दै आएको छ,’ गेरुवा नदीको जग्गा कटानमा परेका स्थानीय कमल रेग्मी भन्छन्,‘सयौं किसानका लालपुर्जाको जग्गा निकुन्जले आफ्नो भन्दै आफूतिर गाभेको छ ।’ निकुन्ज प्रशासनले भने गेरुवा नदी पश्चिम किनार सीमा लेखिएका कारण त्यही अनुसार जग्गा लिएको जनाएको छ । नदी कटान गरेको जग्गाको बगरमा खर उम्रिएको छ ।

बर्दिया राष्ट्रिय निकुन्जका अनुसार कतिपय स्थानमा निकुन्जको जग्गा बाहिर रहेकाले गाभिएको हो । कतिपय स्थानमा भने किसानको जग्गा पनि परेको हुनसक्ने उसको अनुमान छ । निकुन्जको सीमा गेरुवा नदीको पश्चिम किनार लेखिएको छ । त्यही अनुसार सीमा मानिएको हो ।
गेरुवा गाउपालिकाका प्रमुख जुमानसिंह केसीले स्थानीय किसानका पाँच सय विगहा बढी जग्गा निकुन्जमा गाभिएको बताउ“छन् । स्थानीयको पुर्जाको जग्गा निकुन्जमा गाभिदा अन्याय भएको उनको तर्क छ । ‘गेरुवा नदी किनारमा किसानको जग्गा छ । ठाकुरबाबा नगरपालिका सीमादेखि भारतसम्मको खेति जग्गा नदीसंग जोडिएको छ,’ उनले भने,‘जनताको नम्बरी जग्गा फिर्ता गराउनका लागि पहल भइरहेको छ । तर यो स्थानीयस्तरबाट समाधान नहुने भएकाले समस्या भएको छ ।’

गेरुवा नदीले कटान गर्दै गएपछि तटीय क्षेत्रका गाउँहरु पश्चिम तर्फ सर्दै आएको छ । निकुन्जले भने हरेक वर्षजस्तो बिद्युतीय तारबार गर्र्दै आएको छ । निकुन्जको संरक्षणका लागि तारबार गरिने भएको हो । तटीय क्षेत्रको घर अगाडि बिद्युतीय धराप देख्न सकिन्छ । ‘त्यो परासम्म नम्बरी जग्गा हो । तर पीलर यहा“सम्म लगाइएको छ,’ स्थानीय किसान रामदुलारे चौधरी भन्छन्,‘निकुन्जले पश्चिमबाट च्याप्दै आएको छ । हामी सर्दै आइरहेका छौं ।’ स्थानीयका अनुसार करिव दुई सय बढी किसानका जग्गा नदीले कटान गरेको र निकुन्जमा गाभिएको छ ।स्रोत दस्ताबेज

प्रतिक्रिया

सम्बन्धित खवर