शिक्षा शाखा अधिकृतसहित पछिल्लो २४ घण्टामा बाँकेमा तीनजनाको मृत्यु
आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित

मंसिर २८ नेपालगन्ज/ कोरोना भाइरस संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत सहित डोटी र दैलखका १/१ जना हुन ।

कोरोना संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको आईतबार विहान निधन भएको छ ।

मंसिर २४ गते कोरोना परीक्षण गरिएका विष्टको २५ गते पोजेटिभ भएको रिपोट आएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि २७ गते बेलुकी भेरी अस्पतालमा भर्ना गरिएका विष्टको आईतवार विहान ३ः३० बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

त्यस्तै डोटीको दिपायल सिलगडी वडा नं. ५ का ४९ बर्षीय पुरुषको शनिबार राती ७ः४५ बजे मृत्यु भएको छ । मंसिर २६ गते सेती अस्पतालमा कोरोना जाँचगर्दा पोजेटिभ रिपोर्ट आएका उनको शनिबार बेलुकी ७ः ४५ मा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण शनिवार दिउँसो दैलेख नारायण नगरपालिका ९ का ३८ बर्षिय पुरुषको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट बाँकेका ४१ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६८ जनाको मृत्यु भइसकेको छ ।मेरोखुसीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर